विप्लव नेतृत्वकाे नेकपाका जिल्ला इञ्चार्ज चन्द्रवीर पुनः पक्राउ

 जेठ ३०, २०७६ बिहिबार १२:२७:५ | नेत्र शाही
unn.prixa.net

जुम्ला - नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जुम्ला जिल्ला इञ्र्चाज चन्द्रवीर तिरुवा (रविकरण) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

बुधबार राति सिञ्जा गाउँपालिका – २ घरबाट प्रहरीले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । राति घरमा सुतिरहेको अवस्थामा प्रहरी गएर पक्राउ गरेको आफन्तको आरोप छ । प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय हिरासतमा राखेको छ । 

प्रहरी नायब उपरीक्षक रिजालका अनुसार आवश्यक अनुसन्धानका लागि चन्द्रवीरलाई पक्राउ गरिएको बताउनुभयो । रविकरणलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको उहाँले थप्नुभयो ।

चन्द्रवीर तिरुवाले भने यो पटक प्रहरीले मर्यादित तरिकाले पक्राउ गरेको तर भर्खरै जेलवाट फर्केकाले स्वास्थ्य राम्रो नभएकै पक्राउ गरिएको पत्रकार र मानव अधिकारकर्मीलाई गुनासो गर्नुभयो । उहाँले मध्यरात प्रहरीको साथ घरबाट आउँदा परिवार चिन्तित भएको बताउनुभयो । 

यसअघि आफू काठमाण्डौको सुन्धाराबाट पक्राउ भई २४ दिन टेकु हिरासत र १२ दिन केन्द्रीय कारागारमा बसेको बताउनुभयो । जिल्ला अदालत काठमाण्डौमा ६० हजार रुपैयाँ धरौटी तिरेर जेठ १ गते रिहा भएको रविकिरणले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया