आठ महिनामै १२ प्रतिशतले बढ्यो गाडीको भाडा

 जेठ ३०, २०७६ बिहिबार १६:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । 

छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । 

वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको विभागले जनाएको छ । 

बिहीबार यायायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो । अब असार १ गतेदेखि काठमाण्डौ उपत्यकाको सार्वजनिक गाडीमा ४ किलोमिटर सम्मको न्यूनतम भाडा १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ । 

यस्तै ट्याक्सी भाडा पनि बढेको छ । अब सुरुको एक किलो मिटरसम्म ५० रुपैयाँ  र त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसाका दरले भाडा बढ्दै जानेछ । 

यसअघि सुरुको एक किलोमिटरमा ३९ रुपैयाँ भाडादर रहेको छ ।  यसअघि गएको असोजमा पनि सार्वजनिक गाडीको भाडा १० प्रतिशतले बढाइएको थियो   ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया