समाजवादी पार्टी, नेपालद्धारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

 जेठ ३०, २०७६ बिहिबार १७:४४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 

पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार अपराह्न निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिनुभएको हो ।

संविधान र कानुनी प्रावधान अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको पार्टीका संघीय परिषदका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि बढाउँदै समाजवादमा पुर्‍याउने लक्ष्यसहित तत्कालीन यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण भइ गएकाे वैशाख २३ गते समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो ।

समाजवादी पार्टी, नेपालले निर्वाचन चिह्न भने दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरेको छैन । त्यसलाई केही दिनमै टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने पनि पार्टीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया