गाडीभाडा बढाउने निर्णय फिर्ता

 जेठ ३०, २०७६ बिहिबार २१:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने निर्णय फिर्ता लिएको छ ।

नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको हो । थप निर्णय गरी ठोस निष्कर्षमा पुग्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म नयाँ भाडादरको निर्णय कार्यान्वयन नहुने विभागले जनाएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले भाडावृद्धिको निर्णय फिर्ता लिएको बुझिएको छ ।

यसअघि विभागले विभागले छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया