रामेछापमा बस दुर्घटना : २ जनाको ज्यान गयो, १३ जना घाइते

 जेठ ३१, २०७६ शुक्रबार ७:४४:२७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

काठमाण्डाैबाट रामेछापका लागि छुटेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस बिहीबार राति लखनपुरको गुरासेँ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ज्यान गुमाउनेमा दोरम्बा गाउँपालिका-६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन् । 

दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । 

गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ । चालकले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको दोरम्बा गाउँपालिका-६ लखनपुरका वडाध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया