एक्स्काभेटरले अटोमा ठक्कर दिँदा ३ जनाको मृत्यु, ४ जना घाइते

 जेठ ३१, २०७६ शुक्रबार ९:१३:१६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – एक्स्काभेटर अटोमा ठक्कर दिँदा अटोमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको छ । 

महेन्द्रनगरबाट भुजेला गइरहेको से १ क ७३३ नम्बरको एक्स्काभेटरले गड्डाचौकीबाट महेन्द्रनगर आइरहेको म १ ह ७६३ नम्बरको अटोलाई भीमदत्त नगरपालिका–५  वनगाउँमा ठक्कर दिँदा अटोमा सवार ३ जनाको ज्यान गएको हो । 

दुर्घटनामा परेर अटो चलाक र अन्य  २ जना यात्री तथा एकजना साइकल यात्री घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयका अनुसार एक्स्काभेटर चालकले मनपरी तरिकाले तीव्र गतिमा सवारी चलाएकाले दुर्घटना भएको हो ।

ट्राफिक प्रहरीको लापरवाहीका कारण अटोमा मापदण्ड विपरीत ६ जना सवारी बोक्ने गरेकाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गइरहेको स्थानीय नवराज विष्टको आरोप छ । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • नरहरी नाथ योगि

    June 14, 2019, 10:13 a.m.

    ujyaalo मा यस्तो समाचार दिदा अलि बिचार पुर्यानु पर्यो एक्साभेटर बाटो मा हिडाउन नै मिल्दैन कसरी अटो लाई हान्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया