कञ्चनपुर दुर्घटनाका मृतकको सनाखत

 जेठ ३१, २०७६ शुक्रबार ११:५२:४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परि ज्यान गुमाउनेहरुको सनाखत भएको छ । 

दुर्घटनामा परि ज्यान गुमाउनेमा बैतडीको देहीमाण्डौंका २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरास्थित पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसाद रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ज्ञानबहादुर विष्टले बताउनुभयो । 

दुर्घटनामा परि अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अटोरिक्सा चालक भीमदत्त नगरपालिका १० गड्डाचौकीका प्रेम थापालाई थप उपचारका लागि भारत रेफर गरिएको छ । 

यस्तै, दुर्घटनामा परि घाइते भएका २५ वर्षीया लक्ष्मी बोहोरा र अढाई वर्षीय छोरा विशान्त तथा कञ्चनपुरकै बेल्डाँडीका सन्तोष लुहारलाई कैलालीको सेती अञ्चल अस्पतालमा रेफर गरिएको प्रवक्ता विष्टले बताउनुभयो । 

यस्तै, दुर्घटनामा परि घाइते भएका साइकल यात्री जगदीश पार्कीको भने महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ । 

शुक्रबार बिहान महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको एक्स्काभेटरले गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै ज्यान गएको थियो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया