काेपा अमेरिका फुटबल : बाेलिभियालाई ३-० ले हराउँदै ब्राजिलकाे विजयी सुरुवात

 जेठ ३२, २०७६ शनिबार ८:२५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो ।

ब्राजिलको जितमा २ गोल फिलिप काउन्टिन्होले गरेका थिए भने एक गोल इभर्टन सुसाले थपे ।

सुरुदेखि बोलिभियाविरुद्ध बल पोजेशन बढी राखेप नि गोल गर्न भने ब्राजिललाई दोस्रो हाफ कुर्नु परेको थियो । ५० औं मिनेटमा बोलिभियाका खेलाडीले डी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । त्यसका तीन मिनेट पछि काउटिन्होले नै टिमका लागि र व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो गोल काउटिन्होले रोबर्टो फिर्मिन्होको पासमा गोल गरेका थिए । ८५ औं मिनेटमा इभर्टन सुसाले फिरमिन्होको पासमा गोल गर्दै ब्राजिललाई ३–० को अवस्थामा पुर्‍याए ।

ब्राजिलसामु निरीह देखिएको बोलिभियाले जम्मा २८ प्रतिशत बलमा मात्रै नियन्त्रण कायम गर्न सकेको थियो । 

प्रतियोगिताअन्तर्गत आज समूह ए मा रहेका पेरु र भेनेजुएलाबीच खेल हुनेछ । समूह बीअन्तर्गत अर्जेन्टिना र कोलोम्बियाबिचको खेल पनि हुनेछ । पहिलो खेल आइतबार बिहान पौने १ बजे र दोस्रो खेल बिहान पौने ४ बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया