रियल मड्रिड आउन चाहन्छन् पाेग्बा

 जेठ ३२, २०७६ शनिबार १२:५६:३९ | एजेन्सी
unn.prixa.net

रियलका प्रशिक्षक जिनेदिन जिदानले पाउल पोग्बालाई ल्याउन क्लबलाई खुल्ला दबाब दिएको २४ घण्टा बित्न नपाउँदै म्यानचेस्टर युनाइटेडका सेन्ट्रल मिडफिल्डरले पनि रियल आउने इच्छा ब्यक्त गरेका छन् ।

पोग्बा रियल जान दृढ संकल्पका साथ अघि बढिरहेको बुझिएको छ । म्यानचेस्टर युनाइटेडले पोग्बालाई बेच्न भने चाहँदैन । पोग्बालाई सम्मेलित गरेर युनाइटेड अघिल्लो सिजन उपाधिको दाबेदारिताका साथ अभियान सुरु गर्न चाहन्छ । फ्रेन्च मिडफिल्डर पोग्बा जिदानको प्रमुख प्राथमिकता हुन् ।

तर, पोग्बा भित्राउन सबैभन्दा पहिला उनको एजेन्टसँगको सम्बन्ध राम्रो बनाउनु पर्नेछ । त्योभन्दा पहिला पोग्बाको रेटमा पनि दुई क्लबबीच सहमति हुनु जरुरी छ । युनाइटेडले पोग्बाको मूल्य १५० मिलियन पाउण्ड तोकेको छ ।

युनाइटेडमा पोग्बाको सम्झौता दुई वर्ष अझै बाँकी छ । पोग्बा भित्राउनका लागि पेरिस सेन्ट जर्मेइन पनि पहल गरिरहेको छ ।

यता जिदानलाई दोस्रो पटक क्लबमा फर्किँदा क्लबले यथेष्ट बजेट दिएको छ । उनले क्लबमा फिर्ता भउपछि पाँच जना नयाँ खेलाडी अनुबन्ध गरिसकेका छन् ।

जिदान आएपछि रियलमा आबद्ध खेलाडीहरु

रोद्रिगो : सान्टोसबाट ४० मिलियन पाउण्डमा
इडर मिलिटाओ : पोर्तोबाटा ५३ मिलियन पाउण्डमा
लुका जोभिच : फ्राङ्कफर्टबाट ६२ मिलियन पाउण्डमा
इडेन हाजार्ड : चेल्सीबाट १५० मिलियन पाउण्डमा
फर्ल्याण्ड मेन्डी : लियोनबाट ४९ मिलियन पाउण्डमा

पाँच खेलाडी किन्नका लागि प्रिसिजनमा जिदानले ३४४ मिलियन पाउण्ड खर्च गरिसकेका छन् । क्लबका समर्थ एमबाप्पेलाई सान्टियागो बेर्नाबाउमा देख्न चाहन्छन् । तर उनको मूल्य चर्को भएका कारण जिदानले पोग्बा भने पाउने सम्भावना बलियो छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया