पाणिनीमा पनि राेजगारी : विदेशिएका युवालाई घर फर्किन आग्रह

 जेठ ३२, २०७६ शनिबार १४:१४:४८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक सय ३५ जनाले रोजगारी पाएका छन् । 

रोजगारीका लागि आवेदन भरेका २८ सय जनामध्ये १ सय ३५ जना छनौटमा परेका छन् । छनौट भएकालाई ३० दिन काम गर्ने गरी रोजगारी प्रदान गरिएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामजी घिमिरेले सरकार देशको विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । कार्यक्रममा छनौट भएकाहरुलाई राम्रोसँग काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष अच्युत गौतमले कुरा न्दा काम गर्ने बानीको विकास गर्नपर्ने भन्दै कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

यस्तै आफ्नै देशमा काम गर्नुपर्ने वातावरण तयार भएको दाबी गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले विदेशिएका युुवाहरुलाई पनि फर्केर स्वदेशमै काम गर्न आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीका अनुसार छनौट भएकाहरुले आफ्नै वडामा भत्केका बाटा मर्मत गर्ने, कुला बनाउने, नयाँ बाटो खन्ने जस्ता काम गर्नुपर्ने छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • KRISHNA NEPALI

    June 15, 2019, 5:26 p.m.

    यो मात्र गरेर देश र गाउँको विकाश भएको मानिंदैन , उत्पादन गरेको वस्तुलाई भण्डारण गर्ने र बजारको अवसर पनि हुनुपर्यो, अनि बल्ल मात्र बिकाश भएको मानिन्छ , बाटो खनेर मात्र विकाश हुने होइन /

  •  0 Reply

तपाईको प्रतिक्रिया