हङकङ सरकारले विवादित 'सुपुर्दगी' सम्बन्धी विधेयक खारेज गर्‍याे

 जेठ ३२, २०७६ शनिबार १७:१५:२ | एजेन्सी
unn.prixa.net

हङकङ सरकारले विवादित 'सुपुर्दगी' सम्बन्धी विधेयक खारेज गरेको प्रमुख कार्यकारी क्यारी लामले घोषणा गरेकी छिन् । 

यो कानुन अनुसार, अपराध गरेर हङकङ भाग्नेलाई मुद्दा चलाउनका लागि चीन पठाउनु पर्ने हुन्थ्यो । यस अघि उनले हङकङ नागरिकहरुको व्यापक विरोधपछि पनि त्यो विधेयक खारेज नगर्ने बताएकी थिइन् । 

‘म निकै दुःख महसुस गरिरहेकी छु र खेद प्रकट गर्न चाहन्छु । हाम्रै काममा कमी,  कमजोरी र अन्य कारणले नै विवादहरुलाई जन्म दिएको हो,’ उनले भनिन् । 
प्रदर्शनकारीहरुले भने चिनियाँ प्रभाव बढ्दै गैरहेको बारेमा पनि ध्यानाकर्षण गराएका थिए । 

सरकारलाई यस बारेमा विश्राम लिएर सोच्न आफूले आग्रह गरेको प्रमुख कार्यकारी लामले भनेकी छिन् । उनले विधेयकमाथि ‘व्याख्या र सञ्चार’ को पर्याप्त तयारी नपुगेको बताएकी छिन् । 

मेरो लक्ष्य भनेको पहिला शान्ति र व्यवस्थालाई बनाइराख्नु हो, जुन हङकङको सबैभन्दा ठूलो चाहना पनि हो,’ उनले भनिन् । 

सरकारले भने प्रस्तावित विधेयकको तर्क दिँदै भनेको थियो, ’यो विधेयक ‘अपराधहरु दूर गर्न’ र ताइवानको हत्या मामलापछि शहर अपराधीहरुका लागि एक सुरक्षित स्थान नबनोस् भन्नका लागि महत्वपूर्ण हुनेछ ।’ 

‘अबको अघिल्लो कदम के हो, निश्चय भैसकेको छैन,’ प्रमुख कार्यकारी लामले भनिन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया