पलाँताका ११ नमुना विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइने

 जेठ ३२, २०७६ शनिबार १७:४१:३६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - पलाँता गाउँपालिकाले यहाँका ११ वटा विद्यालयमा अनिवार्य अंग्रेजी शिक्षा लागू गरेको छ ।

गाउँपालिकाले छनोट गरेका ११ वटा नमुना विद्यालयमा कक्षा १ र २ मा अंग्रेजी माध्यमबाट पढाइने शिक्षक पुर्णबहादुर शाहीले बताउनुभयाे । गाउँपालिकाले प्रत्येक वडाबाट एक–एक वटा र दलित समुदाय बाट एक तथा वकट बस्तीबाट एक गरी जम्मा ११ वटा नमूना विद्यालय छनोट गरेको हो ।

कक्षा एक र दुई अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयहरुमा कालिका मा वि पुलाहा, सरस्वती मा वि राडुनेटा, खापरदे आ वि पनेरा, छन् ।
त्यस्तै कालिका आ वि छलाहा, कर्णाली मा वि खिन, देउली मा वि उखाडी,छनोटमा परेका छन् । माडुगडा आ वि पारौटी, दुदेसिल्लो मा वि बेर्सैनकोट, सरस्वती मा वि थिर्पु, उज्वल आ वि दुवाडीचौर र जनविचार आ वि मेहेल्ने पनि नमूना विद्यालयमा छनोट भएका छन् ।

उचित कक्षा कोठा व्यवस्थापन, सिप र साधान स्रोतको सदुपयोग गर्नसके शिक्षामा सुधार ल्याउन सकिने शिक्षक शिक्षिकाकाे भनाइ छ । 
अंग्रेजी माध्यमबाट पढाउन आधारभूत तहका अंग्रेजी विषय शिक्षकहरुका लागि ७ दिने तालिम पनि प्रदान गरिएको छ।

विद्यार्थीले अंग्रेजी विषयमा राम्रो अंक ल्याउन नसकेपछि स्थानीय सरकारले कक्षा १ बाटै अंग्रेजी पठन पाठन सुधार गर्ने निर्णय गरेको पलाँताका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमकाे भनाइ छ ।

पलाँता गाउँपालिकामा २९ वटा आधारभूत विद्यालय र ६ वटा माध्यामिक विद्यालय छन् । कक्षा १ र २ मा अनिवार्य अंग्रेजी कक्षा शिक्षण गर्ने पलाँता कालिकोटको पहिलो गाउँपालिका हो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया