५ बलिउड सुपरहिट अभिनेताका छाेराहरु: जाे अझै पहिचान खाेज्दैछन्

 जेठ ३२, २०७६ शनिबार २०:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड चलचित्र उद्योगमा केही अभिनेताहरुले आफ्नै दममा स्टारडम बनाएका छन् । तीनै चर्चित अभिनेताका छोराहरु पनि त्यो स्टाडरम बनाउन चाहन्छन् तर सबैले सक्दैनन् ।

केही स्टारका छोराहरु यस्ता पनि छन्, जो आफ्नो बुबाको स्टारडमकै दममा बलिउडमा आए तर केही खास गर्न सकेनन् । 

 

जितेन्द्र र तुषार कपूर

तुषारले चलचित्र ‘मुझे कुछ कहना है’ बाट अभिनयको सुरुवात गरेका थिए । उनले बुबालेजस्नै स्टारडम बनाउन सकेनन् । उनी निकै कम चलचित्रमा मात्र मुख्य अभिनेताका रुपमा देखिएका छन् । धेरैजसो चलचित्र फ्लप भएपछि उनी चलचित्रको सह भूमिकामा मात्र देखिन्छन् । 

मिथुन चक्रवर्ती र महाक्षय

हिन्दी चलचित्रका चर्चित अभिनेता तथा ‘डिस्को डान्सर’ मिथुन चक्रवर्ती चलचित्रमा आफ्नो छुट्टै पहिचानका लागि चिनिन्छन् । उनले ८० को दशकमा हिन्दी चलचित्रमा आफ्नो पहिचान बनाएका थिए । तर उनका छोरा महाक्षयको फिल्मी करियर लथालिङ्ग नै छ । महाक्षयलाई दर्शकहरु चलचित्र ‘हन्टेड’ बाट चिन्छन् तर त्यसपछि उनको यस्तो कुनै चलचित्र आएन, जो याद गर्न लायक होस् । 

अनुपम खेर र सिकन्दर खेर

चलचित्र उद्योगमा माझिएका अभिनेता हुन्, अनुपम खेर । आज पनि आफ्नो अभिनयका कारण उनी बलिउडमा राज गरिरहेका छन् । उनको स्टारडम पनि कुनै सुपरस्टारभन्दा कम छैन । तर उनका छोरा सिकंदर खेरको फिल्म करियर भने केही विशेष छैन । उनको कुनै एक चलचित्रको नाम दर्शकहरु नसोचेसम्म भन्न सक्दैनन् । उनको पहिलो चलचित्र ‘वुडस्टक भिला’ सन् २००८ मा आएको थियो । 

 फिरोज खान र फरदीन खान

फिरोजले ‘कुर्बानी,’ ‘यलगार’ र ‘गीता मेरा नाम’ जस्ता हिट चलचित्रहरु दिएका छन् । फिरोजपछि उनका छोरा फरदीन खानले पनि सुरुवाती दिनमा औसल चलचित्रहरु दिएका थिए । सन् १९९८ मा आएको चलचित्र ‘प्रेम अग्न’ बाट फरदीनले बलिउडमा पाइला राखेका थिए । तर एकाएक उनी ठूलो पर्दाबाट गायब भए । त्यसपछि उनी सहायक भूमिकामा उनी धेरै पटक देखिएका छन् । 

कादर खान र सरफराज खान

बलिउडका चर्चित अभिनेता तथा सम्वाद लेखक कादर खानका छोरा सरफराज खान यस्ता स्टार किडमा पर्छन्, जो एक सुपरस्टारका छोरा हुँदा पनि जम्न सकेनन् । सरफराजले सलमान खानसँग तेरे नाम, वान्टेड जस्ता चलचित्रमा काम गरेका छन् । तर एक अभिनेताका रुपमा सफलता हात पर्ने उनको कोसिस आज पनि जारी छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया