विश्वकप क्रिकेट: श्रीलंकासामु अष्ट्रेलियाकाे तीन सय ३५ रनको लक्ष्य

 जेठ ३२, २०७६ शनिबार १९:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकपमा अष्ट्रेलियाले श्रीलंकालाई तीन सय ३५ रनको लक्ष्य दिएको छ ।

ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ३४ रन बनायो ।

बलियो सुरुवात गरेको अष्ट्रेलियाल पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेको थियो । उसका ओपनर डेभिड वार्नर २६ रनमा आउट भए । त्यसपछि तेस्रो नम्बरमा आएका उस्मान खवाजा मात्र दश रनमा पेभेलियन फर्किएपछि अष्ट्रेलियाले एक सय रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो ।

तर तेस्रो विकेटका लागि एरोन फिन्च र स्टिभ स्मिथले एक सय ७३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । जसमा फिन्चले एक सय ५३ रनको पारी खेले । उनले एक सय ३२ बलमा १५ चौका र ५ छक्का प्रहार गरे । स्टिभ स्मिथ पनि ७३ रनमा आउट भएपछि अष्ट्रेलियाले दुई सय ७८ रनमा चौथो विकेट गुमायो ।

तर त्यसपछि सस्तैमा दुई विकेट गुमाएपछि अष्ट्रेलियाले तीन सय १९ रनमा साताैँ विकेट गुमायो । उसका शन मार्श तीन तथा एलेक्स क्यारी चार रनमा आउट भए भने प्याट कमिन्सले खाता खोल्न सकेनन् । उसका लागि ग्लेन म्याक्सवेलले ४६ रन बनाए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया