भारतमा अत्याधिक गर्मीका कारण ७१ जनाको मृत्यु

 असार १, २०७६ आइतबार ९:१६:१२ | एजेन्सी
unn.prixa.net

भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् । 

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४/४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया