कोपा अमेरिका : शक्तिशाली उरुग्वे र इक्वेडरबीच प्रतिस्पर्धा

 असार १, २०७६ आइतबार १०:३३:५० | एजेन्सी
unn.prixa.net

कोपा अमेरिका फुटबलमा समूह सीको उरुग्वे र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार साेमबार बिहान पौने ४ बजे सुरु हुनेछ ।

१५ औं पटक उपाधि जिति सकेको उरुग्वे जारी प्रतियोगिताको सशक्त टिम हो । इक्वेडरले  अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

उरुग्वे कोपा अमेरिकाको इतिहासमा सर्वाधिक सफल टिम हो । लुइस स्वारेज र एडिसन काभानीको टिमले २०११ को जस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । जारी कोपामा उरुग्वेको टिमका सुआरेज र काभानीमाथि सबैको नजर हुने छ । 

इक्वेडरको टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । राष्ट्रिय टिमका प्रशिक्षक हर्नान डोरियो गोमेजले नेतृत्व लिएपछिको पहिलो ठूलो प्रतियोगिता भएकाले उनी माथि पनि चुनौती छ । 

उरुग्वे र इक्वेडरबीचको खेलमा स्वारेज र काभानीले गोल गर्ने र सजिलै जित हात पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अनुमान गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया