सोलुखुम्बुमा अज्ञात समूहद्वारा एक्स्काभेटरमा आगजनी

 असार १, २०७६ आइतबार १२:२९:१७ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुको तिङ्ला भदौरेमा रहेको ८६ मेगावाट क्षमताको हाइड्रोपावरको एक्स्काभेटरमा आगजनी भएको छ । निर्माणाधीन हाइड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार राति नचिनेको मानिसको समूहले आगजनी गरेको हो । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट बिहान ७ बजे प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा प्रहरी परिचालन भएको जनाइएको छ । यो क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन नसकेको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । 

हाईड्रोपावरका निर्देशक भिम पाठकका अनुसार आगजनी भएको एक्स्काभेटर हाइड्रोमा कार्यरत कन्स्ट्रक्सन कम्पनीको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया