काेपा अमेरिका: आइतबार राति पाराग्वे र कतारबीच प्रतिस्पर्धा हुँदै

 असार १, २०७६ आइतबार १३:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

कोपा अमेरिका फुटबलमा आइतबार राति पाराग्वे र कतारबीच खेल हुँदैछ । याे खेल नेपाली समय अनुसार । राति पौने १ बजे हुनेछ ।

पाराग्वेले लामो समयदेखि कोपा अमेरिका खेले पनि कतारले पहिलो पटक सहभागिता जनाउँदै छ । एसयाली च्याम्पियन कतार र जापानले यस पटक गेस्ट टिमको रुपमा कोपामा सहभागिता जनाएका छन् ।१९७९ को च्याम्पियन पाराग्वे २०१६को समूह चरणबाटै बाहिरिएको थियो । यस समूहमा कोलम्बिया र अर्जेन्टिना पनि रहेकाले कोपाको समूह बी मा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

पाराग्वेका मिगुएल अल्मिरोन मुख्य खेलाडी हुन् । न्यूक्यासलका प्लेमेकर मिगुुएलले मिडफिल्डमा प्रभाव जमाउने अनुमान गरिएको छ । कतारले कोपा खेलेसँगै अमेरिकामा आमन्त्रित हुने पहिला अरब राष्ट्र बनेको छ ।

कतारले यस वर्ष र अर्को वर्ष आयोजना हुने कोपा कपलाई सुनौलो अवसरको रुपमा लिएको छ । २०२२ को विश्वकप आयोजक राष्ट्र भएकाले पनि कतारले एक्सपोजर पाएको छ ।

कतारका अल्मोएज अली मुख्य खेलाडी हुनेछन् । एसिया कपमा ९ गोल गरेका उनी कोपा कपका लागि कतारका टिमका संकट मोचक बन्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया