राजमो समर्थक एकता समाज यूएईमा नयाँ नेतृत्व

 असार १, २०७६ आइतबार १३:३२:४७ | उज्यालो सहकर्मी

यूएई – राष्ट्रिय जनमोर्चा समर्थक प्रवास संगठन अन्तर्गत संयुक्त अरब एमिरेट्स (यूएई)ले नयाँ नेतृत्व पाएको छ । 

नेपाली एकता समाज यूएईको शुक्रबार दुबईमा भएको चौथो राष्ट्रिय सम्मेलनले जयबहादुर बिक (कैलाली) को अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।

१९ सदस्सीय नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा अर्जुनप्रसाद उपाध्याय, ममाहासचिव टिकाराम नेपाली, कोषाध्यक्षमा दिनेश थापा, सहकोषाध्यक्षमा ललन वि.क, र सचिवमा केपी बिरही हुनुहुन्छ । त्यस्तै सदस्यहरुमा बिरु सुनार, चुडामणी शर्मा, बिनु केसी, शावित्रा एमसी, नीरु शर्मा, तुलसी खनाल, टेक बहादुर थापा, चित्र सुनार, मीना घिमिरे, दुर्गा अधिकारी तथा वैैकल्पिक सदस्यमा खुमराज पौडेल र सोपबहादुर परियार छन् ।

त्यस्तै समाजको सल्लाहकारमा कृष्ण केसी र लेखनाथ अधिकारी रहेका छन् । 

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा समर्थक यूएई नेपाली एकता समाज यहाँ रहेको सबैभन्दा पुरानो राजनीतिक संगठन हो । पूर्व अध्यक्ष शिवराज जैशी यूएईको कार्य क्षेत्रलाई छोडेर नेपाल फर्किएकोले केही समय यता एकता समाज नेतृत्वविहीन थियो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया