यार्सा खोज्न गएकाहरुमाथि आक्रमण हुँदा घाइते भएका दुइ जनालाई काठमाण्डाै पठाइयाे

 असार १, २०७६ आइतबार २०:५६:७ | राजु लामिछाने
unn.prixa.net

रुकुमपूर्व - यार्सा संकलनको गर्न रुकुमपूर्वको मैकोट पुगेका दुई जनालाई नचिनेका मानिसहरुकाे समूहले आक्रमण गरी गम्भीर घाइते बनाएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

त्यस समूहले मैकोटमा यार्सा संकलन गरेर घर फर्कने क्रममा रहेका पुथा उत्तरगंगा गाउँपालिका-१ की ३८ वर्षीया जुनकुमारी पुन र उनकी १४ वर्षीया छोरी रश्मी पुनमाथि आक्रमण गरेर पैसा, गरगहना समेत लुटेर धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते बनाएकाे बताइएको छ। 

उनीहरुमाथि शनिबार आक्रमण भएकाे र दुवै आमाछोरीलाई आइतबार थप उपचारको लागि काठमाण्डाै पठाइएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । 

यसैगरी यार्सा संकलनको क्रममा भीरबाट लडेर घाइते भएका रोल्पा थवाङका ५८ वर्षीय चिन्तन विकलाई पनि समेत हेलिकप्टरबाटउद्धार गरेर काठमाण्डौ पठाइएको छ । उनी स्थानीय जाङला भञ्ज्याङ्ग भिरबाट करिब २ सय ५० मिटर तल खसेको प्रजिअ शर्माले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया