तीन बच्चाको बाबु भएपछि रामोसले गरे विवाह

 असार २, २०७६ सोमबार ११:३१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेन तथा रियल मड्रिडका कप्तान सर्जियो रामोस बैवाहिक बन्धनमा बाँधिएका छन् । उनले लामो समय देखि प्रेम सम्बन्धमा रहकी प्रेमिका तथा टेलिभिजन प्रस्तोता पिलार रुबीयोसँग विवाह गरेका हुन् ।

शनिबार विशेष समारोहको आयोजना गर्दै रामोस र पिलारले बैवाहिक सम्बन्धमा बाँधिए । सेभियाको क्याथाड्रलमा भएको विवाहमा स्टार खेलाडीका साथै केही कलाकारको सहभागिता हरेको थियो । यसका साथै मिडियाहरुको पनि उपस्थिति रहेको थियो ।

रामोसको विवाहमा चार सयभन्दा बढि मानिसको सहभागिता रहेको थियो । यसका साथै यो विवाह भएको स्थान बाहिर सयौको संख्यामा समर्थकको उपस्थिति रहेको थियो । यो विवाहलाई स्पेनको वर्षकै उत्कृष्ट विवाह पनि भनिएको छ । रामोस र पिलार काे सम्बन्ध सन् २०१२ देखि चलेकाे थियाे । विवाहपछि भब्य पार्टिको आयोजनाको रामोसको आलिसान फार्महाउसमा गरिएको थियो ।

सन् २०१४ मा पिलरले सर्जियाेलाई जन्म दिएकी थिइन् भने त्यसको अर्को वर्ष उनले मार्कोलाई जन्म दिइन् । सन् १०१८ मा तेस्रो बच्चा अलेजान्द्रो जन्म दिएपछि यो जोडीले इन्गेजमेन्ट गरेको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया