व्यापक प्रदर्शनपछि हङकङकी प्रमुखले माफी मागिन् तर पद छोड्न मानिनन्

 असार २, २०७६ सोमबार १३:१७:३२ | एजेन्सी
unn.prixa.net

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङको सडकमा लगातार दोस्रो दिन आइतबार पनि मानिसहरुले व्यापक विरोध गरे । मानिसहरुको प्रदर्शनलाई मध्यनजर गर्दै हङकङकी प्रमुख कार्यकारीले माफी मागे पनि पदबाट हट्न भने मानेकी छैनन् । 

हजारौंको संख्यामा मानिसहरु सुपुर्दगी कानुनको विरोधमा सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरुले ‘नराम्रो कानुन फिर्ता गर’ भन्दै हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग गरिरहेका थिए । 

‘प्रमुख कार्यकारी अधिकारीले आफ्नो सरकारका कारण हङकङमा संघर्ष र विवाद उत्पन्न भएको र नागरिकहरु निराश र दुःखी भएको स्वीकार गर्नुभएको छ,’ मुख्य कार्यकारी क्यारीको कार्यालयले जारी गरेको बयानमा भनिएको छ ।

प्रमुख कार्यकारी क्यारीले नागरिकहरुसँग माफी मागेको र आलोचनालाई पूर्ण इमान्दारी र विनम्रताका साथ स्वीकार गरेको बताइएको छ । विवादास्पद सुपुर्दगी कानुनको अनिश्चितकाल स्थगित गर्ने क्यारीको घोषणाको एक दिनपछि यो बयान आएको हो । 

हङकङका प्रभावशाली प्रमुख छात्र कार्यकर्ता नोशुआ वोंगले पनि प्रमुख कार्यकारी क्यारी लामको राजीनामाको माग गरेका छन् ।  


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • dhama paudyal

    June 17, 2019, 1:30 p.m.

    हाम्रो देश मा ब्यापकबिरोध भैरहेको गुठी संबन्धी बिधेयक लाई फिर्ता लिदै ओलि ले पनि माफी माग्ने नैतिकता देखाउन सक्लान ? होङ कोङ को भन्दा अझा जटिल कुरो हो हाम्रो नेपाल को ।

  •  0 Reply

तपाईको प्रतिक्रिया