प्रदेश पाँचको बजेट परिणाममुखी छ : मुख्यमन्त्री पोखरेल, वितरणमुखी भयो : कांग्रेस

 असार २, २०७६ सोमबार ११:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आन्तरिक राजश्व प्रक्षेपण भन्दा बढी संकलन हुँदा खर्च गर्ने आँट बढेको बताउनु भएको छ । केन्द्रबाट दिने अनुदान नबढे पनि आन्तरिक राजश्व बढेका कारण बजेटको आकार बढेको उहाँको भनाइ छ ।

सोमबार बुटवलमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उहाँले बजेट घाटाको होइन श्रोत को उपलब्धतासहित छ त्यसकारण बजेट वितरणमुखी भयो भन्ने आरोप गलत भएको बताउनु भयो ।

मध्यावधि खर्चको समीक्षा र आगामी आर्थिक वर्षको बजेटको प्रक्षेपण गर्नु बजेटको सकारात्मक पाटो भएको उहाँको भनाइ छ । आवधिक योजनामा आधारित भएकाले बजेट परिणाममुखी हुने मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।

बजेट वितरणमुखी र नेकपाका कार्यकर्ता पोस्न प्ररित रहेको भन्दै विपक्षी नेपाली कांग्रेसले आलोचना गरेको छ । प्रदेशसभा सदस्य फकरुद्धिन खानले बजेटले समृद्ध प्रदेशको सपनालाई उपेक्षा गरेको भन्दै बजेट विनियोजन गर्दा हिमाल, पहाड र तराई मधेशलाई विभेद गरिएको आरोप लगाउनुभयो । 

उहाँले बजेट सरसर्ती हेर्दा समृद्ध नेकपा, सुखी कार्यकर्ताको डिजाइनमा ल्याइएको बताउनु भयो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६–०७७ को लागि ३६ अर्ब ४१ करोडको बजेट आइतबार सार्वजनिक गरेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया