डा. गोविन्द केसीको ‘जुम्ला अनसन’ मा कांग्रेसको स्थलगत अनुगमन

 असार २१, २०७५ बिहिबार २०:४:२७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा सुरु भएको डाक्टर गोविन्द केसीको १५ औँ अनसनमा नेपाली कांग्रेसले समर्थन जनाएको छ  । 

डाक्टर केसीका माग र मुद्धा आम नेपाली जनताका हितमा रहेको भन्दै कांग्रेस ३ सदस्य एक टोलीले केसीको अवस्था अवलोकन गरेको हो । 

नेपाली कांग्रेस संघीय सांसद प्रकाश रसाइली, रंगमति शाही र प्रदेश सांसद दिनवन्धु श्रेष्ठको एक टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डा. गोविन्द केसीलाई भेटघाट गरेको छ । केसीको स्वास्थ्य अवस्थाको अवलोकन गर्न खटिएको टोलीले पत्रकारहरु मार्फत डाक्टर केसीका मागहरु जायज रहेकाले नेपाली कांग्रेसको समर्थन रहेको बताएको छ । 

सांसद प्रकाश रसाइलीले निम्न वर्गका छोराछोरीले पनि उच्च शिक्षा पाउनु पर्यो, ग्राणिम क्षेत्रमा पनि मेडिकल कलेज स्थापना हुुनुपर्ने लगायतका माग केसीका व्यक्तिगत नभई नेपाली जनताका भएका बताउनुभयो ।  

डाक्टर केसीको अनसनप्रति समर्थन जनाउन तथा स्वास्थ्य अवस्थाबारे बुझ्न जुम्ला पुगेका सांसद रसाइलीले, सरकार डा. केसीका माग सम्बोधनमा पछि हटे कांग्रेसले सडकदेखि सदन तताउने समेत दावी गरे ।  सांसद रंगमती शाहिले भनिन्, गाउँगाउँ गुणस्तरीय स्वास्थ्य सेवा पुग्न पर्छ । डाक्टर केसीको जीवन रक्षाका लाागि पहिला सरकारलाई दबाब दिने बताउनुभयो । कर्णालीका प्रदेश सांसद दिनबन्दु श्रेष्ठले, पहिलाका सहमतिलाई बङ्गाएर ल्याउन खोजेको विधेयक नेपाली जनताको हित विपरीत गर्न खोजिएको, डाक्टर केसीका मुद्धा जायज रहेको भन्दै कांग्रेस केन्द्रीय समितिले मागप्रति समर्थन समेत जनाएको थप्नुभयो । 

यसैगरी जिल्ला खेलकुद विकास समितिको कार्यालयको कभर्डहलमा रहेको अनसन बुधबारदेखि अवस्था गम्भीर भएदेखि जुम्ला पुर्‍याइएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बसिरहनुभएको छ ।  

अनसनरत डाक्टर गोविन्द केसीको उचित स्थानमा अनसनस्थल सारिनुपर्ने भन्दै  अनिश्चितकालीन रुपमा बन्द गरिएका कर्णालीका स्वास्थ्य संस्थाले बिहीबारबाट सेवा प्रवाह सुरु गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया