क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

 असार २, २०७६ सोमबार १४:३४:३२ | रासस
unn.prixa.net

काठमाण्डाै - नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । 

आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिनुभयो । ‘'परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्', उहाँले भन्नुभयो,‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ  तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’

गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ  ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनसन बसिरहेका छन् 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया