संसदमा प्रधानमन्त्रीको सम्बोधन, युरोप भ्रमण र गुठी विधेयकबारे जानकारी दिने

 असार ३, २०७६ मंगलबार १०:४१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्नुहुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

संबोधनमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे संसदलाई जानकारी गराउनुका साथै समसामयिक राजनीतिबारे पनि धारणा राख्ने अधिकारीले जानकारी दिनुभयो ।

विवादित गुठी विधेयकबारे सरकारी धारणा पनि संसदमा राख्ने अनुमान गरिएको छ । चौतर्फी विरोध भएपछि विधेयकका केही प्रावधान परिमार्जन गर्ने सरकारको तयारी छ । 

प्रधानमन्त्री अ‍ोलीले यसबारेमा सोमबार दलका नेताहरु तथा काठमाण्डौ उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया