बझाङ जीप दुर्घटनाका घाइतेलाई नेपालगञ्ज पठाइयो

 असार ३, २०७६ मंगलबार १३:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङमा सामेबार जीप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ । 

सोमबार से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका –१ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै ज्यान गएको थियो । ५ जना घाइते भएका थिए । घाइते मध्ये गम्भीर घाइते भएका तीन जनालाई सोमबार नै नेपालगञ्ज लगिएको थियो ।

मंगलबार बिहान थप दुई जना घाइते मष्टा गाँउपालिका–१ की ३५ वर्षीया अनिता द्धाल, १५ वर्षीया संगीता खड्कालाई नेपालगञ्ज रिफर गरिएको हो । उनीहरुको हात खुट्टा टाउकोमा समेत चोट लागेको कारण जिल्ला अस्पतालबाट रिफर गरिएको होे । 

बझाङ जीप दुर्घटना अपडेट : एकै परिवारका तीन जनासहित १० जनाको मृत्यु
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया