संसदमा कांग्रेसकाे अवराेधपछि प्रधानमन्त्री ओली पत्रकार सम्मेलन गर्दै

 असार ३, २०७६ मंगलबार १४:२५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्नुहुने भएको  छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनभन्दा अघि आफ्ना दलका नेताले बोल्न पाउनुपर्ने भन्दै बैठकमा अवरोध गरेपछि  सम्बोधन गर्ने कार्यक्रम प्रभावित भएको थियो । कांग्रेसले प्रधानमन्त्रीले भन्दा आफूहरुले पहिला समय मागेको र प्रतिपक्षी दललाई पहिला समय उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको दाबी गरेको छ । 

यसैबीच पत्रकार सम्मेलन घि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्रीले मंगलबार संसदमा भएको घटना, प्रतिपक्षी दलले केही समय अघिदेखि उठाउँदै आएका विभिन्न विधेयकलगायतका एजेण्डा, युरोप भ्रमणका क्रममा गुठी विधेयकलाई लिएर सदनदेखि सडकसम्म भएको विरोधलगायत विषयमा नेताहरुसँग परामर्श गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक स्थगित भएलगत्तै नेताहरुसँग परामर्श गर्नका लागि उहाँ सिंहदरबारस्थित संसदीय दलको कार्यालय आउनुभएको थियो  ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया