लोकसेवाकाे दरखास्त दिने म्याद एक हप्ता थपियाे

 असार ३, २०७६ मंगलबार १५:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लोकसेवा आयोगले दरखास्त दिने म्याद एक हप्ता थपेकाे छ ।

आयोगले गएकाे जेठ १५ देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेकाे विज्ञापनकाे दरखास्त दिने आज अर्थात असार ३ गते अन्तिम म्याद थियाे । 

अनलाइन प्रणालीमार्फत दरखास्त दिनेहरुकाे संख्या अत्यधिक भएकाले सर्भरमा समस्या देखिएर धेरै जनाले दरखास्त दिन नपाएकाे गुनासाे आएकाेले मंगलबार निर्णय गरी असार १० गतेसम्म म्याद गप गरिएकाे आयोगका प्रवक्ता देवी प्रसाद सुुवेदीले उज्यालाेलाई जानकारी दिनुभयाे ।

 निर्णय अनुुसार असार १७ गतेसम्म दोब्ब दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको पनि प्रवक्ता सुबेदीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Nisa paudel

    June 18, 2019, 6:37 p.m.

    Thank you so much

  •  0 Reply

तपाईको प्रतिक्रिया