संखुवासभामा पहिराे: स्थानीयकाे घर र जलविद्युत आयाेजनाकाे निर्माण सामग्री पुरिए

 असार ३, २०७६ मंगलबार १६:१७:५७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभामा सोमबार साँझदेखि आएको बाढी र पहिरोले कराेडाैँ रुपैयाँभन्दा बढिको क्षति भएकाे छ ।

केहीदिन अघिदेखि उत्तरी भेगमा परेको वर्षाका कारण अरूण नदीमा आएकोमकालु, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाका विभिन्न भागहरुमा ठूलो क्षति पुर्‍याएको हो । घटनामा हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो ।

वर्षासँगै झरेको पहिरोले सोमबार साँझ मकालु गाउँपालिका–५, नुममा स्थानीय अजित राईको घर पुरेको छ । उहाँको अनुसार, टिनको छानो भएको २ तले घरको माथिबाट वर्षासँगै झरेको माटोको ढिस्कोले घरमाक्षति पुर्‍याएको हाे ।      

अरुण तेस्रो जलविद्युत्त परियोजनाकाे दुई एक्स्काइभेटर पुरिए

वर्षाले मकालु गाउँपालिका–३, स्थितमा रहेको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइटमा ठूलो क्षति पुगेकाे प्रनाउ लामाले बताउनुभयो । उहाँका अनुसार एक्स्काभेटर–२, बुमर मेसिन–१,लोडर–१, ट्याक्टर–१ कम्प्रेसर मेसिनलगायतका निर्माण सामग्री र उपकरणा पुरिएका छन् ।

त्यसैगरी फयाक्सिदा डयामसाइटको पारिपटिट नयाँबस्तीमा खाँदबारी–किमाथांका सडकखण्डमा सञ्चालनमा रहेको रौता कन्ट्रक्सनकाे एक्स्काभेटर बाटोबाट अन्दाजी ३० मिटर तल झरेर अड्किएको अवस्थामा रहेको पनि जनाइएको छ । 

चिचिला गाउँपालिका–४ मा रहेकाे खाँदबारी–किमाथांका सडकखण्डको सुम्मा भिरदेखि कप्ताने भन्ने ठाउँसम्म अन्दाजी ३ किलोमिटर दूरीको सडक खण्डमा अवरोध भएका कारण उत्तरी क्षेत्रको नुम, गोला र किमाथाङ्का जाने गाडी पूर्ण रुपमा बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट एकदिनको पैदल दूरीमा रहेकाे यस क्षेत्रमा बिजुली पनि बन्द भएकाे छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया