शिक्षक सरुवा गर्ने गाउँपालिकाको निर्णय सर्वोच्चद्वारा सदर

 असार ३, २०७६ मंगलबार २०:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवा सम्बन्धि निर्णय सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरेको हो । यसअघि न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले तत्कालका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।  

गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी जेठ २४ गते आफैले दिएको अन्तरिम आदेश खारेज गर्दै सर्वोच्च अदालतले गाउँपालिकाको निर्णय सदर गरेको हो । गाउँपालिकाले शिक्षक सरुवा गरेपछि त्यसको विरुद्धमा डिल्लीबहादुर खुलाल बस्नेतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चको निर्णयपछि

गाउँपालिका अध्यक्ष असिम राईले शैक्षिक सुधारको लागि गरिएको प्रयासलाई सर्वोच्च अदालतले सदर गरिदिएको बताउनुभयो । उहाँले देशभरका स्थानीय तहले आबश्यकता अनुसार शिक्षकको सरुवा गर्न सर्बोच्चको फैसला नजिर बनेको समेत बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया