फिफा महिला विश्वकपमा मार्ताको कीर्तिमान, ब्राजिल अन्तिम १६ मा प्रवेश

 असार ४, २०७६ बुधबार ६:४७:५ | एजेन्सी
unn.prixa.net

फिफा महिला विश्वकपमा मार्ताले कीर्तिमानी १७ ‌औँ गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्‍याएकी छिन् । ६ पटककी विश्व फुटबलर अफ दी इयर बनिसकेकी मार्ताको गोलमा ब्राजिलले समूह सी को तेस्राे स्थानमा रहदै महिला विश्वकपको नकआउट चरणमा स्थान बनायो ।

फ्रान्समा भएको खेलमा यसअघि नै नकआउट चरणमा पुगिसकेको इटलीलाई एक शून्यले हराउदै ब्राजिलले प्रिक्वाटरफाइनलमा स्थान बनायो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७२ औं मिनेटमा मार्ताले ब्राजिलका लागि गोल गरेकी थिइन् । जुन गोलले ब्राजिलले समूह सी को उत्कृष्ट तेस्राे टिम बन्न सफल भयाे ।

मार्ताले विश्वकपमा गोल संख्या १७ पुर्‍याउँदै पुरुष खेलाडीको भन्दा पनि धेरै गोल गर्ने कीर्तिमान बनाइन् । उनले जर्मनीका मिरोस्लाभ क्लोसको रेकर्डपनि तोड्न सफल भइन् । अब ब्राजिलले अन्तिम १६ मा घरेलु टिम फ्रान्ससँग खेल्नेछ ।

यता इटालीले अन्तिम १६ मा चीन र नाइजेरियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया