फिफा महिला विश्वकपमा जमाइकाविरुद्ध अष्ट्रेलियाको प्रभावशाली जित

 असार ४, २०७६ बुधबार ७:२:९ | एजेन्सी
unn.prixa.net

साम केरको ह्याट्रिकमा अष्ट्रेलिया फिफा महिला विश्वकपमा नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार  राति भएको खेलमा जमाइकालाई चार एकले हराउदै अष्ट्रेलियाले अन्तिम १६ मा स्थान बनायो ।

समुह सी बाट दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको अष्ट्रेलियाले जमाइकाविरुद्ध प्रभावशाली जित दर्ता गरायो । उसका लागि सामले चार गोल गरिन । निकै उत्कृष्ट लयमा देखिएको सामले खेलको ११, ४२, ६९ र ८३ औं मिनेटमा गोल गरेकी थिइन । जमैकाका लागि सान्त्वना गोल ४९ औं मिनेटमा सोलुनले गरेकी थिइन् ।

पुरै प्रतियोगितामा ११ गोल खाएको जमाइकाले अष्ट्रेलियाविरुद्ध एक गोल गर्न सफल भएको थियो । जुन उसले यो विश्वकपमा गरेको एकमात्र गोल थियो । यो खेलमा चार गोल गरेकी सामले सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अमेरिकाकी एलेक्स मोर्गनसँग बराबरी गरिन ।

जितसँगै अष्ट्रेलियाले समूह बी को दोस्रो स्थानमा रहँदै उपविजेताका रुपमा नबआउट चरणमा स्थान बनायो । अब उसले शनिबार हुने प्रिक्वाटर फाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

योसँगै अष्ट्रेलियाले विश्वकका पछिल्ला चार संस्करणमा लगातार दोस्रो चरणमा स्थान बनाउन सफल भएको छ । यस्तै जमाइका विश्वकपमा समूह चरणमा तीनै खेल हार्ने तेस्रो टिम बनेको छ । साम अष्ट्रेलियाका लागि विश्वकपमा ह्याट्रिक गर्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया