कोपा अमेरिका : भीएआर बाधक, ब्राजिल अंक बाँड्न बाध्य

 असार ४, २०७६ बुधबार ९:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

कोपा अमेरिका फुटबलमा ब्राजिल र भेनेजुएलाले अंक बाँडेका छन् । बुधबार बिहान भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेसँगै एक एक अंक लिएका हुन् ।

खेलमा ब्राजिलले दुई गोल गरे पनि भिडियो एसिस्टेन्स रेफ्रीका कारण दुबै गोललाई मान्यता दिइएन ।

पहिलो हाफमा रोबेर्टो फेरमिन्होले ब्राजिलका लागि गोल गरे पनि भीएआरले त्यसलाई मान्यता दिएन । त्यसपछि फेरी गाब्रियल जिससको प्रयासमा फिलिप कोउन्टिन्होले अन्तिममा गोल गरे पनि फेरि भिएआरले अफसाइड दियो ।

यो बराबरीले समूह ए मा ब्राजिल, पेरु र भेनेजुयलाको अन्तिम १६ मा पुग्ने बाटो खुल्ला रहेको छ ।ब्राजिल र पेरुको दुई खेलमा समान चार चार अंक रहेको छ । पुरै खेलमा ब्राजिलले १९ वटा पोष्ट चार्ज गरेको थियो । ६९ प्रतिशत बल पोसेसन रहेको ब्राजिलका लागि यो खेल मुख्यगरी भिएआर नै बाधक बन्यो ।

भेनेजुएला २ अंक सहित तेस्रो स्थानमा रहँदा बोलिभियाले भने अंक जोड्न सकेको छैन ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया