नेपाली भलिबल टिम सम्हाल्न आइपुगे हान अबिङ

 असार ४, २०७६ बुधबार ११:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय भलिबल टिमका लागि विदेशी प्रशिक्षक नेपाल आएका छन् । 

आसन्न एशियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्न डच प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबलसंघका महासचिवक जीतेन्द्रबहादुर चन्द लगाएतको स्वागत गरेका थिए ।

पहिलो पटक नेपालमा हुने सेन्ट्रल जोन प्रतियोगितामा नेपालको टिम सम्हाल्न नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई एफआईभीबीले नेपाल पठाएको हो ।

उनी तीन महिनाका लागि नेपाली भलिबल टिमसँग रहनेछन् । २५ वर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।

उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।

उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए । जसमा उनले २००८ मा जर्मन कपको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया