विश्वकपबाट बाहिरिए शिखर धवन

 असार ४, २०७६ बुधबार १७:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन विश्वकप क्रिकेटबाट बाहिरिएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा औंलामा चोट लागेका कारण शुरुमा तीन खेलमा खेल्न नसक्ने भनिएको थियो । तर उनी पूर्ण रुपमा फिट नभएपछि जारी विश्वकपबाट उनलाई बाहिर राखिएको छ । अब उनको ठाउँमा ऋषभ पन्त टिममा पर्ने छन् । त्यसका लागि ऋषभ पन्त इंग्ल्याण्ड पुगिसकेका छन् ।

पाकिस्तानविरुद्ध शिखरले नखेलपछि केएल राहुलसँग मिलेर रोहित शर्माले ओपनिङ गरेका थिए । जसमा उनीहरुले १३६ रनको साझेदारी गर्दै भारतलाई गतिलो सुरुवात दिलाएका थिए ।

घाइते भएका बेला पनि उनले उत्कृष्ट व्याटिङ गर्दै ११७ रन बनाएका थिए । तर उनी दोस्रो इनिङ्समा फिल्डिङ गर्न नसक्ने भएपछि रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया