समयमै काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने प्रधानमन्त्रीकाे चेतावनी

 असार ४, २०७६ बुधबार २०:२९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । 

प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पार्नु भयो ।

उहाँले काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कारबाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाइ नगर्ने पनि स्पष्ट पार्नु भयो ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय योजना आयोगको ४५ औँ राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पुग्नुभएका उहाँले नागरिक र राष्ट्रलाई प्रतिकूल हुने खालको कुनै पनि गतिविधि सैह्य नहुने पनि बताउनुभयो । 

प्रधानमन्त्री ओलीले राष्ट्रको विकास निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर नागरिकलाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र नागरिकको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै त्यही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

बैठकमा प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रिपरिषद्का सदस्यहरु तथा सरकारका सचिवहरुकाे सहभागिता रहेकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Niranjan

    June 19, 2019, 10:39 p.m.

    In order to complete project on time here are few Problem need to be resolve first 1.Government of Nepal should provide correct DPR after awarding contract. 2. All the government technical and non technical employees must work on time till end of project time. 3. Government must pay contractor's bill payment on time Delaying payment will hamper a work. .4. All the local seen and unseen problem must be resolved before project or problem which arise during project period must resolved immediately after it arise. In this case central and local government have huge responsibility to solve problem on time. 5. All the extortion and threat must be control by government. 6. After resolving No.1 to No.5 problem Contractor must work on time , other wise contractor will be liable and must be punished.

  •  0 Reply

तपाईको प्रतिक्रिया