रोकिराखेको एक्स्काभेटरमा आगजनी

 असार ५, २०७६ बिहिबार १४:५४:३८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - मिक्लाजुङ गाउँपालिका–७, शान्तिचोक छेउको जङगलमा रोकेर राखिएको एक्स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका छन् ।

राँके–भेडेटार सडकखण्डको कामको लागि रोकेर राखिएको एक्स्काभेटरमा गए राति १ बजे नचिनेका मानिसहरुकाे समूहले आगजनी गरेको इलाका प्रहरी चौकी रविका इन्स्पेक्टर रोमन अर्यालले बताउनुभयो ।

आगजनी गरिएको एक्स्काभेटर राँके–भेडेटार सडकखण्डमा काम गरिरहेको ज्वाला निर्माण सेवा काठमाण्डौकाे बा ३ ख ५६६ नम्बरको रहेको प्रहरीले बताएको छ । रातको समयमा विष्फाेटको आवाज सुनेर  हेर्दा एक्स्काभेटरमा आगो लागिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

एक्स्काभेटर आगजनी गरिएको ठाउँमा ‘टाइम बम छ’ भनेर लेखिएको कागज पनि भेटिएको तर त्यस्तो खतराजनक वस्तु नभेटिएको इन्स्पेक्टर अर्यालले बताउनुभयो ।

आगजनीबाट एक्स्काभेटर पूर्ण रुपमा जलेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया