थाइल्याण्ड : गुफामा फसेकाको उद्धारमा खटिएका एक पूर्व सैनिकको मृत्यु

 असार २२, २०७५ शुक्रबार १०:४०:१४ | एजेन्सी
unn.prixa.net

थाइल्याण्डको एउटा गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारका क्रममा खटिएका एक उद्धारकर्मीको ज्यान गएको छ ।

उद्धारका क्रममा खटिएका ३८ वर्षीय समन कुननको मृत्यु भएको बीबीसीले जनाएको छ । कुनन गुफामा फसेकाहरुलाई राहत सामग्री पुर्याएर फर्किने क्रममा बेहोस भएका थिए । उनका सहकर्मीहरुले उनलाई होसमा ल्याउन सकेनन् । बेहोस अवस्थामा नै उनको ज्यान गयो ।

कुनन थाइल्याण्डका पूर्व सैनिक थिए । उनी गुफामा बच्चाहरु फसेको खबर पाएपछि उद्धारका लागि आएका थिए ।

 
स्थानीय डेपुटी गभर्नर पासाकोर्न बुनयालकले पत्रकारहरुलाई भनेका छन्, ‘एकजना पूर्व सैनिक आफ्नै इच्छाले उद्धारका लागि आएका थिए । विहीबार राति २ बजे उनको ज्यान गएको हो ।’

उनका अनुसार कुनन गुफामा अक्सिजन पुर्याउन गएका थिए । फर्कदा उनीसँगै पर्याप्त अक्सिजन थिएन  उनी बेहाेस भए र बेहाेश अवस्थामै ज्यान गयो ।

उत्तरी थाइल्याण्डको गुफामा बाढीको कारण १२ दिनदेखि फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकाल्ने योजनाअनुसार अहिले काम भइरहेको छ । 

याे पनि पढ्नुहाेस् 

नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

थाइल्याण्ड :  गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न ‘महिना लाग्न सक्छ’
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया