सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा

 असार ५, २०७६ बिहिबार १७:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ । 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत सरकारले लालपूर्जा नदिएको जानकारी दिनु भएको हो ।

बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिका सदस्यहरुलाई उहाँले पशुपतिनाथको मूल मन्दिरको जग्गाको लालपूर्जासमेत सरकारले नदिएको बताउन भयो । लालपूर्जाका लागि नापी विभागमा निवेदन दिए पनि त्यहाँबाट उपलब्ध नभएकोमा आफूलाई दुःख लागेको उहाँको भनाइ थियो ।

सदस्य सचिव ढकालले पशुपतिनाथको जमिन भने कसैले पनि अतिक्रमण नगरेको दाबी गर्नु भयो । लालपूर्जा नभए पनि पशुपतिनाथको अचल सम्पत्तिको रुपमा रहेको जग्गा भने कसैले पनि अतिक्रमण नगरेको पशुपति क्षेत्र विकास कोषको भनाइ छ ।

कोषले प्राविधिक जनशक्तिको अभावमा पशुपति क्षेत्रमा रहेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति नलिएको पनि जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया