महानिर्देशक भट्टराईलाई विषेश कामका लागि मन्त्रालय तानेको हुँ : मन्त्री महासेठ

 जेठ ५, २०७५ शनिबार १९:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा, जेठ ५ – भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले विशेष कामका लागि यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मान्त्रालय तानेको बताउनु भएको छ ।

जनकपुरमा नेपाल पत्रकार महासंघले शनिबार आयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेपाल सरकारको आवश्यकता अनुसार आफ्नो कर्मचारीको सरुवा बढुवा गर्ने क्रममा विशेष कामको लागि महानिर्देशक भट्टराईलाई मान्त्रालमा हाजिर हुन निर्देशन दिएको बताउनुभयो ।

यातायात क्षेत्रको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका कर्मचारीलाई मन्त्री महासेठले मन्त्रालयमा तानेको कुरा मिडियमामा आएजस्तो नभएको उहाँले दावी गर्नुभयो ।

यातायात क्षेत्रको सिन्डिकेट हटाउँदा केही कर्मचारीहरु नै दुखी भएको मन्त्री महासेठको दावी छ । ‘म मन्त्री बनेको २ महिना मात्र भएको छ । निर्देशक जी दुई वर्षदेखि विभागमा हुनुहुन्छ, म मन्त्री बनेको १५ दिन पछि सिन्डिकेट हटाउन निर्देशन दिएँ’, मन्त्री महासेठले भन्नुभयो, ‘निर्देशक जीले मलाई सिन्डिकेट हटाउन सहयोग नगरेको होइन म भन्दिँन । तर केही विशेष कामले मन्त्रालय तानेपछि किन यत्रो दुःख ?’

मन्त्री महासेठले पाँच वर्ष भित्र जनकपुरसहित मधेश र देशको कायापलट हुने बताउनुभयो । अगामी बजेटमा मधेशको लागि विशेष प्याकेज केन्द्रीय सरकारले छुट्याएको समेत बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया