रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध हुने युक्रेनका प्रधानमन्...
बैशाख ६, २०८१ बिहिबार
आइसीसी एक दिवसीय विश्वकप अष्ट्रेलियाले बंगलादेशलाई तीन सय ८२ रनको लक्ष्य दिएको छ ।
नटिङघममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ८१ रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेको थियो ।
अष्ट्रेलियाका ओपनर एरोन फिन्च ५३ रन बनाउँदै आउट भए । त्यसपछि दोस्रो विकेटका लागि वार्नर र उस्मान खवाजाबीच दुई सय २१ रनको साझेदारी हुँदा अष्ट्रेलिया बलियो लक्ष्यतिर अगाडि बढेको थियो ।
तर त्यसपछि उसले अरु तीन विकेट मात्र ४१ रनमा गुमायो । अष्ट्रेलियाका लागि खवाजाले ८९ रन बनाए भने ग्लेन म्याक्सवेलले ३२ रनको योगदान गरे । यस्तै स्टिभ स्मिथ एक रनमा पेभेलियन फर्किए ।
अष्ट्रेलियाका लागि डेभिड वार्नरले एक सय ६६ रनको उत्कृष्ट पारी खेले । जसमा उनले एक सय ४६ बलमा १४ चौका र पाँच छक्का प्रहार गरे । उनले विश्वकपमा व्यक्तिगत रुपमा धेरै रन बनाउने नयाँ किर्तीमान बनाएका छन । बलिङमा सौम्य सरकारले तीन तथा मुस्तफिजुर रहमानले एक विकेट लिए ।