रोल्पाबाट विप्लव नेतृत्वको नेकपाका ५ नेता पक्राउ

 असार ५, २०७६ बिहिबार २०:४२:४० | माधवकुमार ओली

रोल्पा – जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना स्थानीय नेताहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार राति रोल्पाको माडी गाउँपालिका–२ पेदिखोलामा सुतिरहेका नेकपा गंगादेव गाउँपालिका इञ्चार्ज सन्दीप वली, माडी गाउँपालिका इञ्चार्ज स्याम बुढा, देबबहादुर वली ‘दिनेश’ र गणेश मगरलाई पक्राउ गरेको हो । उनीहरुलाई आजै सदरमुकाम लिबाङ ल्याइएको र भोलि अदालतमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

यस्तै लिबाङमै चिया पसल गर्दै आएका विप्लवका कार्यकर्ता देउराम सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुनारलाई हिरासतमा बसेका नेताहरुलाई चिया पु¥याउन गएको बेला पक्राउ गरेको हो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया