फेवाताल किनारमा रहेको रत्नमन्दिर सर्वसाधरणको लागि खुल्ला गर्न पहल गर्नेछु: प्रचण्ड

 असार ५, २०७६ बिहिबार २०:५५:९ | सुमन गुरुङ
unn.prixa.net

कास्की - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेवातालसँगै रहेको रत्नमन्दिर सर्वसाधरणको लागि खुल्ला गर्न पहल गर्ने बताउनुभएको छ ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही चोकको बिच भलिबल कोर्टमा बिहीबारदेखि सुरु भएकाे छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उहाँले यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे ।

नारायणहिटी दरबार खुल्ला भइसकको अवस्थामा पनि रत्न मन्दिर लुकाएर राखेजस्तो भएको छ, उहाँले भन्नुभयो, अब सर्वसाधरणको लागl खुल्ला गरेर एक दिन भए पनि पोखराको बसाइ लम्बाउनुपर्छ । 

त्यस अवसरमा खेलाडीलाई उत्प्रेरित गर्न र खेलबाट पनि सम्मानित जीवन जीउन सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको चर्चा गर्दै उहाँले यहाँको विकासले समग्र राष्ट्रको विकासमा  टेवा पुर्‍याउने पनि बताउनुभयो । 

बिहीबारबाट सुरु भएको प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्वितीयले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कारसहित पदक तथा  प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा १४ महिला तथा १७ पुरुष समूहकाे सहभागिता रहेको कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया