रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका मजदुरलाई निकालिँदै

 असार ६, २०७६ शुक्रबार ७:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । 

पहिरोले थुनेको सुरुङको मुख खोलिएको र सुरुङभित्र थुनिएका ११ जना नेपालीसहित ६ जना चिनियाँ मजदुरलाई बाहिर निकाल्ने प्रयास भइरहेको रसुवा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । 

हिजो बेलुकी ८ बजेतिर खसेको पहिरोले निर्माणधिन रसुवागढी जलविद्युत आयोजनाको सुरुङको प्रवेशद्वार पुरेको थियो । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी  र सशस्त्र प्रहरी घटनास्थलमा खटिएका छन् । सुरुङभित्र रहेका १७ जना मजदुरको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनास्थलमा डाक्टरको टोली पनि पुगेको छ । 

गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट झण्डै सय मिटर माथि यो परियोजना बनिरहेको छ । रसुवागढी नजिकै १११ मेगावाटको जलविद्युत आयोजना बनिरहेको हो । भूकम्पीय जोखिमयुक्त भएकाले पनि त्यहाँ पहिरोको सम्भावना धेरै रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया