विश्वकप क्रिकेट २०१९ का ५ अभागी खेलाडी !

 असार ६, २०७६ शुक्रबार १०:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अहिले इंग्ल्याण्डमा जारी छ । विश्वकप खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । कतिको चाँडै पूरा हुन्छ भने कतिकाे सपना वर्षौं कुर्दा पनि पूरा नहुन सक्छ ।

केही खेलाडी भने विश्वकपका लागि छनोट भए पनि उनीहरुको स्वास्थ्यले पनि साथ नदिन सक्छ । अर्थात विश्वकप खेल्ने टिमका महत्वपूर्ण सदस्य हुँदाहुँदै पनि उनीहरु घाइते भएका कारण प्रतियोगिबाट बाहिरिनु निकै दुःखद कुरा पनि हो । आज हामीले ५ घाइते खेलाडीहरुको बारेमा जानकारी दिन्छौं । जसले जारी विश्वकप मिस गर्न बाध्य भए ।

१. शिखर घवन : भारत  

भारतका ओपनिङ ब्याट्सम्यान शिखर धवन पनि विश्वकपबाट बाहिर भएका छन् । अस्ट्रेलियाविरुद्ध सानदार शतक बनाएका धवन घाइते भएपछि त्यसयताका खेलमा मैदान उत्रन सकेनन् ।

चिकित्सकको सल्लाहअनुसार उपचार गर्न भन्दै भारतीय टिमले ब्याकअपका रुपमा ऋषभ पन्तलाई बोलाए पनि अन्तिम समयसम्म पर्खिएको थियो । तर उनी फिट नहुने भन्दै ऋषभलाई टिममा समावेश गरिसकेको छ भने धवन प्रतियोगिबाट बाहिर भएका छन् । धवनलाई औंलामा चोट लागेको थियो ।

२. डेल स्टेन : दक्षिण अफ्रिका

दक्षिण अफ्रिाकाका स्टार बलर डेल स्टेन पनि विश्वकपमा पर्न नसक्ने अभागी खेलाडीको सूचीमा दर्ज भएका छन् । विगतमा उत्कृष्ट फर्ममा रहेका उनी घाइते भएर नै अफ्रिकाको टिममा स्थान बनाउन नसकेका हुन् ।

विश्वकपअघि आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका डेल स्टेन घाइते भएपछि आईपीएल पनि गुमाएका थिए । त्यसपछि पनि उनी फिट हुन सकेनन् ।

३. मोहम्मद शहजाद : अफगानिस्तान

अफगानिस्तानका विकेटकिपर मोहम्मद शहजाद २ खेल पछि आउट भए । उनलाई घुँडामा चोट लागेको भन्दै अफगानिस्तानको टिम छनोट समितिले बाहिर पठाएको हो ।

उनको उपस्थिति अहिले पनि अफगान टिमलाई खड्किएको छ । तर उनले राजनीतिक कारणले आफूलाई विश्वकपबाट बाहिर पठाएको र आफू पूर्ण रुपमा फिट भएको भावकु सन्देश जारी गरेका थिए ।

४. झाई रिचर्डसन : अस्ट्रेलिया 

अस्ट्रेलियाका झाई रिचर्डसन पाकिस्तानविरुद्धको सिरिजमा घाइते भएका थिए । उनी पूर्ण रुपमा फिट नभएपछि अस्ट्रेलियाको अन्तिम १५ मा स्थान बनाउन असफल भए ।

रिचर्डसनले विगतका सिरिजहरुमा उत्कृष्ट प्रदर्शन गरेकाले विश्वकपको टिममा पर्ने आंकलन गरिएको थियो । तर उनको दुर्भाग्य भनेको घाइते हुनु हो । उनको ठाउँमा अन्तिममा अस्ट्रेलियाले केन रिचर्डसनलाई राखेको छ ।

५. एनरिक नोर्टजे : दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले श्रीलंकाविरुद्ध यसै वर्ष उनले डेब्यू गरेका थिए । जम्मा ४ वटा एकदिवसीय क्रिकेट खेलेका उनले ८ विकेट लिइसकका छन् ।

यीनलाई आईपीएल क्रिकेटमा कोलकता नाइटराइडर्सले लिएको थियो । तर हात भाँच्चिएपछि उनी आईपीएलमा सहभागी भएनन् भने ठिक नभएपछि दक्षिण अफ्रिकाको टिमबाट पनि बाहिर भए । उनको ठाउँमा क्रिस मोरिसले दक्षिण अफ्रिाकाको टिममा स्थान बनाउन सफल भए ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया