धादिङ जीप दुर्घटना: ज्यान गुमाउनेकाे संख्या ५ पुग्याे, २ घाइतेकाे परिचय खुल्न बाँकी

 असार ६, २०७६ शुक्रबार १५:१:४० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - गल्छी गाउँपालिका वडा नम्बर-६, बाझगाउँमा यात्रु बाेकेकाे जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ५ पुगेकाे छ ।

दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका-४ की २१ वर्षीया सबिता अधिकारीकाे उपचारका लागि काठमाण्डाै लैजाँदै गर्दा बाटाेमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । दुर्घटनामा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।

प्रहरीका अनुसार स्थानीय कार्कीडाँडाबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप शुक्रबार १२ बजे कच्ची सडकबाट पल्टिएर दुर्घटना भएकाे थियाे।

दुुर्घटनामा घाइते भएकाहरुकाे नामावली:

१. धादिङ, गल्छी गाउँपालिका-४ का ६२ वर्षीय बिष्णु अधिकारी 
२. धादिङ, गल्छी गाउँपालिका-४ की ३५ वर्षीया सुनिता मिजार
३. धादिङ, गल्छी गाउँपालिका-४ की २३ वर्षीया सुजिता अधिकारी
४. धादिङ, गल्छी गाउँपालिका-४ का १५ वर्षीय सन्तोष रम्तेल
५. धादिङ, गल्छी गाउँपालिका-४ का ७० वर्षीय कृष्ण सार्की
६. धादिङ, गल्छी गाउँपालिका-४ की २८ वर्षीया रेनु भण्डारी
७. धादिङ, गल्छी गाउँपालिका-४ का ३५ वर्षीय राम कृष्ण प्याकुरेल
८. धादिङ, गल्छी गाउँपालिका-४ की २६ वर्षीया शुष्मा लामा
९.  नाम, ठेगाना नखुलेका २ पुरुष 
 

 

अन्तिम अपडेट: चैत २८, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया