विश्वकप क्रिकेट: टस जितेकाे श्रीलंकाले इंग्ल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने

 असार ६, २०७६ शुक्रबार १५:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

इंग्ल्याण्डविरुद्ध खेल्न लागेको श्रीलंकाले २ जना खेलाडी परिवर्तन गरेको छ । मध्यक्रमका खेलाडी चल्न नसकेका कारण भन्दै आजको खेलमा खेलाडी परिवर्तन गरिएको श्रीलंकाली कप्तान दिमुथ करुनारत्नेले बताए ।

आजको खेलमा लाहिरु थिरमाने र मालिन्डा सिरिवर्द्धनालाई खेलाइएको छैन । इंग्ल्याण्डले भने कुनै पनि खेलाडी परिवर्तन गरेको छैन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया