प्रधानमन्त्री कप महिला क्रिकेट: प्रदेश १ र प्रदेश ५ विजयी

 असार ६, २०७६ शुक्रबार २०:२०:७ | दुर्गा उपाध्याय
unn.prixa.net

बाँके - महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा प्रदेश १ र प्रदेश ५ ले जित हासिल गरेका छन् । 
शुक्रबार भएको प्रतियोगितामा प्रदेश १ र प्रदेश ५ ले समान ८ विकेटकाे जित हासिल गरेको हुन् । पहिलो खेलमा टस जितेर ब्याटिङ्ग रोजेको प्रदेश २ ले निर्धारित ओभरमा ९ विकेट गुमाउदै ७१ रन जोडेको थियो । 

यसका लागि सर्वाधिक शान्ति चौधरीले १४, शोभा आले र सरस्वती चौधरीले समान १३ रन जोडे। ७२ रनको लक्ष्य बोकेर जवाफी ब्याटिङ गरेकाे प्रदेश १ ले १४ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । उसका लागि सर्वाधिक रुबिना क्षेत्रीले २६ र काजोल श्रेष्ठले १९ रन बनाए ।

यस्तै, दोस्रो खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले हराउदै गण्डकीले जित हासिल गरेको छ । दोस्रो खेलमा पहिले टस जितेर ब्याटिङ्ग रोजेको गण्डकी प्रदेशले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो । उसका लागि सर्वाधिक शुसिला गुरुङ्गले १९ रन र श्रृष्टि पौडेलले १८ रनकाे याेगदान दिए ।

७९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेकाे प्रदेश ५ ले १२ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । उसका लागि सर्वाधिक गिता गोसाईले २० र निरु थापाले १० रन जोडे ।

प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा प्रदेश ३ र प्रदेश २ तथा दोस्रो खेलमा प्रदेश १ र कर्णाली प्रदेश बीच प्रतिस्पर्धा हुँदैछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया