अफगानिस्ताविरुद्ध टस जितेर भारत ब्याटिङ गर्दै, रिषभ पन्त प्लेइङ-११ मा अटाएनन्

 असार ७, २०७६ शनिबार १५:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्व कप क्रिकेट २०१९ अन्तर्गत शनिबारको पहिलो खेलमा भारत र अफगानिस्तान खेल्दैछन् । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

साउथ्याम्टनको द रोज बल मैदानमा प्रतियोगिताको बलियो टिम भारत र कमजोर अफगानिस्तान आमने सामने हुन लागेका हुन् । प्रतियाेगितामा अविजित टिम भारत र जितविहीन टिम अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् ।

भारतले आफ्ना एक जना खेलाडीलाई परिवर्तन गरेको छ । भुवनेश्वर कुमारको स्थानमा मोहम्मद शामीले खेल्नेछन् ।

त्यस्तै अफगानिस्तानले आफ्ना दुई जना खेलाडीलाई परिवर्तन गरेको छ । नूर अलीको स्थानमा हजरतुल्लाह जजाईले खेल्दा दौलत जद्रानको स्थानमा अफताव आलमले खेल्नेछन् । 

त्यस्तै भारतीय ब्याट्सम्यान शिखर धावन घाइते भएपछि उनको स्थानमा बोलाइएका रिषभ पन्त आजको खेलमा पनि बेञ्चमा नै बसेका छन् ।  
 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया